Shopping security
:
लेखक: सुधीर शर्मा
बाहिरी पृष्ठबाट – From the Back Cover:
लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ। ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ। काठमाडौँमा विकसित वज्रयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ।
किन यस्तो भयो?
नेपालले कहिल्यै गङ्गातट र तिब्बती पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो। काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो, जुन ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल थियो।
बुद्धको विचार यताबाट हिमालपारि गयो, माओको राजनीतिक विचार उताबाट यता आयो। धर्म, कला, व्यापार र विद्रोह – यी सबै हिमालपार सम्बन्धका अभिन्न अङ्ग थिए।
यस पुस्तकमा सुधीर शर्माले स्थलगत भ्रमण, स्रोतव्यक्तिसँगका अन्तर्वार्ता, दुर्लभ दस्तावेजहरूको विश्लेषण र विस्तृत शोधमार्फत १५०० वर्षको चीन-भोट-भारतबीच नेपालको सम्बन्धलाई केलाएका छन्।
लेखक: सुधीर शर्मा
From the Back Cover:
२०० वर्षअघिसम्म चीन र भारत विश्वका पहिलो र दोस्रो ठूला अर्थतन्त्र थिए। त्यसबेला काठमाडौं उपत्यकामा पनि समृद्धिको असर देखिन्थ्यो। काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र ‘अन्द्रपो’ बनेको थियो, जसका अवशेष आज पनि हामीले उपत्यकामा देख्न सक्छौं।
अब जब यी दुई छिमेकी फेरि विश्वशक्ति बन्दैछन्, के नेपाल पुनः अन्द्रपोको भूमिकामा फर्कन सक्छ? के नेपाल ‘दुई ढुङ्गाबीचको तरुल’ होइन, ‘साँघु’ बन्न सक्छ?
पुस्तकमा गणतन्त्रपछि चीनको नेपाल नीति, विशेष गरी सन् २००८ पछिको समयलाई केन्द्रमा राखेर विश्लेषण गरिएको छ। बेइजिङको सक्रियता, साम्यवादी सहकार्य, सैन्य साझेदारी, तिब्बती शरणार्थी मामिला, र उत्तर-दक्षिण कनेक्टिभिटी जस्ता विषयहरूमा अनुसन्धान गरिएको छ।
के चीन हामीलाई चिन्छ? हामीले चीनलाई बुझेका छौं? यी जटिल तर जरुरी प्रश्नहरूको उत्तर दिन खोजेको अनुसन्धानात्मक पुस्तक हो – हिमालपारिको हुरी।
Ships within 48 hours · Estimated delivery Jun 22 - Jun 27
US$40
Get nowSign up to your membership to get coupons up to
15%
Get nowOpportunity to enjoy order discount up to 15% off
Top-Converting Item to Boost Your Average Order